|

नयाँदिल्ली : काँग्रेस आईका पूर्व अध्यक्ष तथा लोकसभा सदस्य राहुल गान्धीको सांसद पद खारेज भएको छ।

राहुल गान्धी केरलको वायनाडबाट लोकसभामा सांसद हुन्। लोकसभा सचिवालयले मानहानि मुद्दामा दुई वर्षको जेल सजाय भोगेपछि राहुल गान्धीको सदस्यता खारेज गर्न सूचना जारी गरेको हो।

दुई वर्ष वा त्यसभन्दा बढी सजाय पाएपछि सांसद वा विधायकको सदस्यता स्वतः समाप्त हुन्छ। राहुलको संसद् सदस्यता समाप्त भएपछि कांग्रेसले आफ्ना नेतालाई सत्य बोलेकोमा सजाय दिइएको बताएको छ।

भारतीय जनता पार्टी (भाजपा)ले भने राहुललाई लिएर लोकसभा सचिवालयको निर्णयलाई देशको हितमा रहेको बताएको छ।

लोकसभा सचिवालयले मानहानि मुद्दामा दुई वर्षको जेल सजाय भोगेपछि राहुल गान्धीको सदस्यता खारेज गर्न सूचना जारी गरेको हो। लोकसभा सचिवालयले अधिसूचनामा राहुल गान्धीलाई मानहानि मुद्दामा सुरत अदालतमा २ वर्षको जेल सजाय सुनाइएको जनाएको छ।

यस्तो अवस्थामा केरलको वायनाडका सांसद राहुल गान्धीको संसदीय सदस्यता २३ मार्च २०२३ देखि समाप्त हुन्छ।

भारतीय संविधानको धारा १०२ (१) (ई) को दफा ८ बमोजिम जनप्रतिनिधित्व ऐन (पीपल अफ रिप्रजेन्टेशन एक्ट), १९५१ अनुसार यस्तो निर्णय गरिएको सूचनामा उल्लेख छ।

लोकसभा महासचिव उत्पलकुमार सिंहद्वारा हस्ताक्षरित यो सूचनाको प्रतिलिपि राहुल गान्धीलाई पनि पठाइएको छ। साथै  राहुलको सदस्यता समाप्त भएको सूचना राष्ट्रपति सचिवालय, प्रमुख निर्वाचन आयुक्त केरल, लोकसभा सचिवालयका सबै शाखालाई पठाइएको छ।

काँग्रसे आईले यसको विरोध गरेको छ। महाराष्ट्र कांग्रेस नेता पृथ्वीराज चव्हाणले उक्त कारबाहीको आलोचना गर्दै भने‚ ‘राहुल गान्धीलाई ६ महिना वा १ वर्षको जेल सजाय दिन सकिन्थ्यो।’ उनले गान्धीलाई २ वर्षको सजाय सुनाएर गल्ती गरेको दाबी गरे।

यसैगरी काँग्रेस महासचिव जयराम रमेशले ट्विट गर्दै भनेका छन्, ‘हामी चुप लागेर बस्दैनौँ। हामी कानुनी र राजनीतिक रूपमा यो लडाइँ लड्नेछौँ।’


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.