|

काठमाडौ : ईस्लाम धर्मावलम्बीको पर्व रमदान आजदेखि सुरु भएको। एक महिनासम्म चल्ने यो पर्वमा मुसलमान समुदाय दिनमा निराहार बस्छन्।

रोजा बस्न मुसलमान समुदायले उर्दु क्यालेण्डरअनुसार आज बिहान ४:१० बजेदेखि बेलुका ६:२० बजेसम्म निराहार (रोजा) बस्नुपर्छ। शरीरलाई चोखो राखेर मात्र रोजा बस्नुपर्छ। रोजाको समय दैनिक सूर्य उदाउने र अस्ताउने समयसँगै समय तालिक पनि परिवर्तन भइरहन्छ।

रमदानको अवसरमा घण्टाघरको जामे मस्जिदमा मुस्लिम धर्मालम्बीहरूको बाक्लो उपस्थिति छ। उनीहरूले आपसमा जम्मा भएर कुरान पाठपूजा गरेका छन्।

रमजान महिनामा नै मुसलमान समुदायको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएको हो भने यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास गरिन्छ।

केही तस्वीर झलक :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.