|

व्यस्त जीवनशैली र बदलिएको जीवनशैलीका कारण अधिकांश मानिससँग समय कम छ। धेरै मानिस अबेरसम्म काम गर्छन्। राति घर फर्केर खाना खाएलगत्तै सुत्छन्। यस्तो बानीले स्वास्थ्यमा गम्भीर असर पर्न सक्छ। खाना खाएपछि तुरुन्तै सुत्नु हुँदैन। किन?

पाचन प्रणालीमा समस्या :  खाना खाएपछि तुरुन्तै सुत्दा पाचन प्रणालीमा असर पर्छ। खाना तुरुन्तै पच्दैन। यस्तो अवस्थामा सुत्दा भोलिपल्ट शरीर स्फूर्त रहँदैन। 

मोटोपना बढ्न सक्छ : खाना खानेबित्तिकै सुत्दा क्यालोरी खर्च हुन पाउँदैन। यसका कारण तौल बढ्न सक्छ र मोटोपनको समस्या बेहोर्नु पर्छ। त्यसैले सुत्नुभन्दा कम्तीमा ३ घण्टा अगाडि खाना खाने प्रयास गर्नुहोस्।

मधुमेहको समस्या : खाना खानासाथ सुत्दा शरीरमा ग्लुकोजको मात्रा बढ्ने खतरा हुन्छ। यसले मधुमेहको समस्या निम्त्याउँछ। त्यसैले खाना खाएपछि तुरुन्तै सुत्नु हुँदैन ।

मुटु दुख्ने समस्या बढ्न सक्ने जोखिम : खाना खानेबित्तिकै सुत्दा मुटुसम्बन्धी समस्या पनि देखिन सक्छ। यसका साथै अन्य शरीरमा अन्य समस्या पनि निम्तिने भएकाले खाना र सुत्ने समयबीच दूरी राख्न आवश्यक छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.