|

काठमाडौं: 'ड्राइ फ्रुट्स'मध्ये काजु निकै स्वादिलो खानेकुरा हो। काजु जति स्वादिलो छ, त्यति नै स्वास्थ्यका लागि फाइदाजनक छ।

यसलाई ड्राइ फ्रुट्स'को राजाको रूपमा लिइन्छ। काजु बालबालिकादेखि वृद्धवृद्धासम्म सबैको मनपर्ने सुख्खा फल हो। काजु खाँदा हुने फाइदा अनेकौँ छन्।

काजुमा प्रोटिन, मिनरल्स, फाइबर र एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ। काजु फलाम, फाइबर, फोलेट, म्याग्नेसियम, फस्फोरस, सेलेनियम र क्याल्सियमको राम्रो स्रोत हो। दैनिक काजु खाने मानिसको शरीरमा क्याल्सियम, जिंक र म्याग्नेसियमको कमी हुँदैन।

यस्ता छन् काजुका फाइदा–

काजु खाँदा हड्डी बलियो हुन्छ। काजुमा क्याल्सियम र म्याग्नेसियम पाइन्छ जुन हड्डीका लागि फाइदाजनक हुन्छ।

काजु खाँदा शरीरमा ग्लुकोजको मात्रा नियन्त्रणमा रहन्छ। त्यसैले काजु मधुमेहका बिरामीका लागि पनि फाइदाजनक हुन्छ।

जो मानिसले दैनिक सीमित मात्रामा काजु खान्छ, उनीहरुको पाचन क्रिया राम्रो हुन्छ। काजु खाँदा फाइबर हुन्छ, जसले ग्यास र कब्जियतको समस्या पनि हटाउँछ।

दैनिक ३-४ वटा काजु खाँदा तौल नियन्त्रणमा पनि मद्दत पुग्छ। काजु खाँदा मोटोपना कम हुन्छ। यसमा राम्रो फ्याट र कार्बोहाइड्रेट हुन्छ जसले मेटाबोलिजम बढाउँछ।

काजुमा भिटामिन ई र एन्टी-अक्सिडेन्ट गुण पाइन्छ, जसले तपाईंको छाला र कपाललाई स्वस्थ राख्छ। दैनिक काजु खाँदा छालामा चाउरी पर्ने समस्या कम हुन्छ।

एक दिनमा कति खाने?

स्वादिलो ​​लागे पनि दिनमा ३–४ वटा वा बढीमा ५ वटा काजु खानु हुँदैन। धेरै काजु खाँदा पेट खराब हुन सक्छ। फाइदाको साटी शरीरमा हानि पुग्न सक्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.