|

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज अर्घाखाँची जाँदैछन्। 

शनिबार कपिलवस्तु पुगेका ओली आज  बिहान अर्घाखाँची जान लागेको एमाले नेता गिरीधारीलाल न्यौपानेले जानकारी दिए। अध्यक्ष ओली बिहान १० बजेसम्म सन्धिखर्क पुग्नेछन्। त्यसक्रममा उनले बाटोमा पर्ने सुपा देउराली मन्दिरको दर्शन गर्ने कार्यक्रम छ। 

अध्यक्ष ओलीले आज मध्यान्ह १२ बजे सन्धिखर्कमा आयोजना हुने पार्टीको मिसन ग्रासरुट अभियानसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्नेछन्। सो कार्यक्रमलाई सम्बोधन गरेर ओली आजै सन्धिखर्क नगरपालिकास्थित अर्घा भगवति मन्दिरको दर्शन गर्र्नछन्। 

अध्यक्ष ओली भोलि बिहान अर्घाखाँचीको मालारानी गाउँपालिका हुँदै गुल्मीको सदरमुकाम तम्घास जाने कार्यक्रम छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.