काठमाडौं : मोरक्कोसँग ब्राजिल पराजित भएको छ।
आज बिहान भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा मोरक्कोले ब्राजिललाई २–१ गोलले पराजित गरेको हो।
मोरक्कोले घरेलु मैदान ग्राण्ड स्टाडेमा ब्राजिलविरुद्ध पहिलो जित निकाल्यो। कतार विश्वकपको सेमिफाइनल पुगेको मोरक्कोले पेलेको सम्मानमा मैत्रीपूर्ण खेल आयोजना गरेको थियो।
खेलको २९ औँ मिनेटमा सोफियान बुफालले घरेलु टोलीलाई अग्रता दिलाका थिए। ६७ औँ मिनेटमा कप्तान क्यासिमेरोको गोलमा ब्राजिल खेलमा फर्कियो। ७९ औँ मिनेटमा अब्दुल हमिद सबिरीले गोल गर्दै अग्रतालाई दोब्बर बनायो।
ब्राजिलले कतार विश्वकपपछि पहिलो खेल खेलेको हो। नियमित कप्तान थिएगो सिल्भाको अनुपस्थितिमा ब्राजिलले यही साता क्यासिमेरोलाई कप्तानको जिम्मेवारी दिएको थियो। नेइमार चोटका कारण खेलमा अनुपस्थित थिए। मोरक्कोले मार्च २९ मा दोस्रो मैत्रीपूर्ण खेल पेरुसँग खेल्ने छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।