|

काठमाडौं : अन्डर सेभेन्टिन साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज आज रसियाको सामना गर्दैछ। 

बंगलादेशको ढाकास्थित बीएसएसएस मुस्ताफा कमल स्टेडियममा नेपालले आफ्नो तेस्रो खेलमा रसियासँग प्रतिस्पर्धा गर्न लागेको हो। नेपाल र रसियाबीचको खेल राति ७ बजे सुरु हुनेछ। 

दुई खेलमा ३ अंक जोडेको नेपाल आज रसियालाई हराउँदै दोस्रो जित निकाल्ने योजनामा छ। यसअघि सोमबार भएको पहिलो खेलमा नेपाल भारतसँग ४–१ गोल अन्तरले पराजित भएको थियो भने दोस्रो खेलमा भुटानलाई ५–० ले हराएको थियो। 

रसिया भने लगातार तेस्रो जितको खोजीमा छ। उसले पहिलो खेलमा बंगलादेश र दोस्रो खेलमा भुटानलाई हराएको थियो। 

प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल, भारत, भुटान र रसिया सहभागी छन्। नेपालले चौथो खेलमा पर्सि आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। राउण्ड रोबिनको आधारमा भएको प्रतियोगिताको शीर्ष टोलीले उपाधि जित्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.