|

सुर्खेत : कर्णाली प्रदेशसभाको बैठक आज बस्दै छ। 

दिउँसो ३ बजे बस्ने बैठकमा पेस हुने एजेन्डाहरु अधिवेशन सुरु हुनुभन्दा एक घण्टाअघि दलहरुको सर्वदलीय बैठकले तय गर्ने भएको छ। 

तर, प्रदेशसभा सञ्चालनका लागि कार्य व्यवस्था परार्मश समिति तथा विषयगत समिति भने गठन हुन सकेको छैन।

कर्णाली प्रदेशसभा दोस्रो कार्यकालको पहिलो अधिवेशनअन्तर्गत ६ वटा बैठक सम्पन्न भइसकेका छन्। ती बैठकबाट सभामुख, उपसभामुख चयन तथा मुख्यमन्त्रीले विश्वासको मत लिने काम सम्पन्न भएको छ। 

सातौँ बैठक आइतबार बोलाइएको हो। शून्य समय र विशेष समय भएकाले बैठकमा दलहरुले समसामयीक विषयमा आफ्ना धारण राख्ने छन्। तर सभा सञ्चालनमा महत्वपूर्ण मानिएको कार्य व्यवस्था परामर्श समिति र विभिन्न विषयगत समितिहरु गठन हुन सकेका छैनन्। 

प्रदेश सभा नियमावलीमा प्रदेश सभाको पहिलो बैठक बसेको तीन महिनाभित्र विषयगत समितिहरु गठन गरिसक्नुपर्ने प्रावधान छ। तर संसद् गठन भएको तीन महिना पूरा हुँदासम्म पनि समिति गठनको सुरसार छैन। प्रदेश सभामा दलहरुले प्रमुख सचेतक र सचेतकहरु पनि नियुक्त गर्न सकेका छैनन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.