|

गुल्मी : नेपाल उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले व्‍यवसायीहरु संकटमा परेको बताएका छन्।

गुल्मी उद्योग वाणिज्य संघको ३१औँ साधारणसभालाई सम्बोधन गर्दै शर्माले देशमा राजनीतिक स्थिरता नहुँदा व्‍यवसायीहरू संकटमा परेको उल्लेख गरेका हुन्।

राजनीतिक स्थिरता नहुँदा देशको अर्थतन्त्र पनि संकटमा रहेको दाबी गर्दै  बैंकको ब्याजसमेत तिर्न नसकेर व्‍यवसायीहरुलाई समस्या परेको बताएका छन्।

देशमा राजनीतिक स्थिरता रहेमा व्‍यवसायीहरु फस्टाउन सक्ने दाबी गर्दै शर्माले वर्षाको भेल जस्तै आउने राजनीतिक परिवर्तनले गर्दा व्‍यवसायीहरु निराश हुँदै गरेको बताएका हुन्।

गुल्मीको पवित्रस्थल रेसुंगाको पोखरीमा साधारणसभा गर्दा रेसुंगाको प्रचार हुने भएकाले आफूहरुले रेसुंगामा कार्याक्रम आयोजना गरेको गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.