|

तपाईँ रोग प्रतिरोधात्मक शक्ति बढाउन चाहनुहुन्छ भने आफ्नो आहारमा लसुन समावेश गर्नुहोस्। लसुनको सेवन प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन निकै लाभदायक मानिन्छ।

विज्ञका अनुसार यसको सेवनले शरीरमा प्रतिरक्षा कोशिकाको संख्या बढाउछ र रोगविरुद्ध लड्ने शक्ति प्रदान गर्छ। लसुनमा रहेको एलिसिनले रोग प्रतिरोधी क्षमता बढाउँछ, जसले धेरै किसिमका रोगसँग लड्न मद्दत गर्छ।

लसुनमा एन्टिब्याक्टेरियल गुण पाइन्छ अर्थात् ब्याक्टेरियाबाट हुने रोगबाट शरीरलाई बचाउन लसुन खानुपर्छ। लसुनको सेवनले भाइरल इन्फेक्सनबाट बचाउन मद्दत गर्छ।यसमा पाइने एन्टिभाइरल र एन्टिफंगल गुणले शरीरलाई संक्रमणबाट टाढा राखेर स्वस्थ राख्न सक्छ। लसुन खाँदा सामान्य रुघाखोकीदेखि पेट र श्वासप्रश्वासको संक्रमणसम्मबाट बचाउन मद्दत गर्छ।

यसमा भिटामिन बी१, बी२, बी३, बी६, फस्फोरस, सोडियम, फोलेट, म्याग्नेसियम, आइरन, क्याल्सियम जस्ता पोषक तत्त्व पाइन्छ। लसुन सेवनले अन्य धेरै समस्यामा पनि फाइदा पुग्छ। लसुन खाँदा हुने अन्य फाइदा–​

हड्डी  बलियो बनाउँछ– उमेर बढ्दै जाँदा हड्डीको घनत्व घट्दै जान्छ र कमजोर हुँदै जान्छ। यस्तो अवस्थामा काँचो लसुनको सेवनले हड्डी बलियो बनाउन सकिन्छ। खासगरी महिलामा हड्डीको समस्या धेरै देखिन्छ। यस्तो अवस्थामा काँचो लसुन फाइदाजनक हुन्छ। यसले हड्डी बलियो बनाउन आवश्यक एस्ट्रोजन हर्मोन बढाउँछ।

पाचन शक्तिमा सुधार– लसुनको सेवनले पाचन क्रियामा पनि सुधार गर्छ । यसले ग्यास्ट्रिक जुसको ‘पीएच’ सुधार गर्छ। यसले राम्रो पाचन कायम राख्न मद्दत गर्छ। लसुनमा पाइने बायोएक्टिभ कम्पाउण्डले कोलाइटिस अल्सर र अन्य ग्यास्ट्रोइंटेस्टाइनल रोग कम गर्न मद्दत गर्छ।

रक्तचाप सन्तुलनमा राख्छ– रक्तचापको समस्याबाट ग्रसित व्यक्तिका लागि पनि काँचो लसुन फाइदाजनक हुन्छ। लसुनमा बायोएक्टिभ सल्फर कम्पाउन्ड  ​हुन्छ, जसले रक्तचाप कम गर्न मद्दत गर्दछ।

​राम्रो कोलेस्ट्रोल बढाउँछ– लसुनको सेवनले पनि कोलेस्ट्रोल नियन्त्रण गर्न सकिन्छ। लसुनमा एलिसिन नामक यौगिक हुन्छ, जसले खराब कोलेस्ट्रोल कम गर्छ र राम्रो कोलेस्ट्रोल बढाउँछ।

रोग प्रतिरोधात्मक क्षमता बढाउन लसुनका दुई वा तीनवटा पोटी चपाएर खान सकिन्छ। यसबाहेक लसुनलाई काटेर सुप वा सलादमा पनि समावेश गर्न सकिन्छ। लसुनको पोटी भुटेर खान सकिन्छ। लसुन र मह सँगै खान पनि सकिन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.