|

काठमाडौं : नेकपा एमलोकी सांसद विद्या भट्टराईले नागरिकको दैनिक जीवन संकटग्रत रहेकोमा सरकारको ध्यानाकर्षण गराएकी छन्। 

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद भट्टराईले हरेक महिना अध्ययन र विदेश भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी रकम संचितिमा दबाब परेकोले सिंगो वित्तीय प्रणाली संकटपूर्ण अवस्थामा रहेको बताएकी छन्। 

‘आम नागरिकको दैनिक जीवन संकटमा छ। दैनिक २५ सय युवाहरु विदेशीएका छन्। हरेक महिना अध्ययन र विदेश भ्रमणमा ठूलो रकम बाहिरिँदा विदेशी रकम संचितिमा दबाब परेको छ। लघुवित्त र सहकारी सिंगो वित्तिय प्रणाली संकटपूर्ण अवस्थामा छ। कर प्रशासन करदातामैत्री छैन्। आर्थिक मन्दीका कारण महंगी उच्च छ। लोकतान्त्रिक राज्य र नागरिकप्रतिको दायित्वलाई केवल भाषण र नारामा मात्रै सिमित कहिलेसम्म गर्ने? नागरिकलाई राज्य अभिभावक हो भन्ने अनुभूति कहिले दिने?,’ उनले प्रश्न गरिन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.