|

काठमाडौं : नेकपा एमालेका सांसद रघुजी पन्तले उपराष्ट्रपति पदको कुनै कामै नभएको तर्क गरेका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद पन्तले उपराष्ट्रपतिको काम नै नभएको बताउँदै काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी नहुने बताए। 

‘हामी कहाँ उपराष्ट्रपतिको काम नै छैन। हामी उपराष्ट्रपति निर्वाचित गर्छौं। प्रथम उपराष्ट्रपतिको सल्लाहकार हुँदाको बडो तीतो अनुभव छ। काम नभएको संस्था खडा गर्नु लोकतन्त्रको लागि हितकारी हुँदैन,’ उनले भने। 

सांसद पन्तले राष्ट्रपतिलाई पनि सल्लाहकार र विज्ञ  नचाहिने बताए। उनले राष्ट्रपति प्रधानमन्त्री र मन्त्रिपरिषद्को सल्लाहमा चल्नुपर्ने बताए। 

‘राष्ट्रपतिलाई सल्लाहकार चाहिँदैन। राष्ट्रपतिलाई विज्ञ पनि चाहिँदैन। कानुनमा यो राखिए पनि यो संशोधन गर्न जरुरी छ। राष्ट्रपतिलाई छुट्टै पावर सेन्टरको रूपमा काम गर्ने कानुनी प्रावधान राख्यौँ भने यसले हाम्रो संसदीय प्रणालीलाई कमजोर बनाउँछ। राष्ट्रपतिले नियमित सरसल्लाह गर्ने, चल्ने संस्था भनेको प्रधानमन्त्री र क्याबिनेट नै हो,’ उनले भने। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.