|

काठमाडौं : आइतबारको संसद्‌ बैठकमा नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले माफी मागेका छन्। बैठकमा सांसदले बोलिरहेको अवस्थामा  हिँडेपछि उनले माफी माग्नुपर्ने अवस्था आएको हो। 

‘अन्देखाको कारणले माननीयले उल्लेख गरेको दफालाई मैले उक्त नियमावलीको दफालाई उल्लंघन गरेँ। त्यसका लागि म क्षमा माग्न चाहन्छु,’ उपसभापति खड्काले भने। 

नेकपा एमालेका सचेतक महेश बर्तौलाले खड्काले नियमावली विपरीतका कार्य गरेकोमा आपत्ति जनाएपछि उनले माफी मागेका हुन्। बर्तौलाले ध्यानाकर्षण गराएपछि सभामुख देवराज घिमिरेले उचित ध्यान पुर्‍याउन निर्देशन दिएका थिए। 

‘भोलिका दिनमा पनि यो काम लाग्छ। पटकपटक हाउसमा मर्यादाविपरीत काम भइरहेको छ। प्रतिनिधिसभा नियमावली २० को ६ बमोजिम सभामुखको आसन तथा बोलिरहेको सदसस्यको बिचबाट हिँड्न कोही पनि सदस्यलाई अनुमति हुँदैन। पटकपटक यो सदनको गरिमा र मर्यादालाई धज्जी उडाउँदै सत्ता पक्षका सांसदहरूबाट यस प्रकारको काम भइरहेको छ। गम्भीरताका साथ सभामुखको ध्यानाकर्षण होस्,’ बर्तौंलााले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.