|

विराटनगर : भारत केरलाको लुका सकर क्लब सातौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ।

विराटनगरस्थित शहीद मैदानमा आइतबार राति भएको अन्तिम क्वार्टरफाइनल खेलमा ‘ए’ डिभिजन क्लब संकटालाई सडन डेथमा हराउँदै लुका सकरले सेमिफाइनल यात्रा तय गरेको हो। पूर्वविजेता संकटामाथि उसले संघर्षपूर्ण जीत हासिल गरेको हो।

निर्धारित ९० मिनेट र थप गरिएको ३० मिनेटको अतिरिक्त समयमा पनि गोलरहित बराबरी भएपछि जितको छिनोफानो सडेन डेथबाट भएको हो। रोमाञ्चक तथा प्रतिस्पर्धात्मक टाई ब्रेकरमा दुवै टोलीले ४–४ गोल गरेका थिए। त्यसपछि खेल सडन डेथमा पुग्यो।

टाई ब्रेकरमा भारतको तर्फबाट चाल्स, रफी, कप्तान अर्सद, क्यामदिनले गोल गरे। संकटाको अनिष महर्जनको प्रहार भारतका गोलकिपर शानफिरले उत्कृष्ट बचाउँदै गर्दै खेल जिताए। संकटाको तर्फबाट जुनियर, कुलदिप कार्की, सुरजजंग ठकुरी, चन्दन दास र दिपक घिसिङले गोल गरे।

भारतको जितसँगै विराट गोल्डकपको सेमिफाइनलको समीकरण पूरा भएको छ। भारतले अब फाइनल प्रवेशका लागि चैत १५ गते साविक विजेता एपीएफसँग खेल्नेछ भने घरेलु टिम विराटनगर सिटीले सोमबार जावलाखेल युथ क्लबको सामना गर्नेछ।

संकटाले २०६९ सालमा दोस्रो संस्करणको विराट गोल्डकपको उपाधि हात पारेको थियो। पूर्व विजेता दर्जन बढी सुन्दर अवसर खेर फाल्दा संकटा प्रतियोगिताबाट बाहिरन बाध्य भयो।

खेलको म्यान अफ द म्याच भारतको गोलकिपर महोमद सनफिर घोषित भए। उनले नगद ११ हजार प्राप्त गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.