|

काठमाडौं : पहिलो संस्करणको महिला प्रिमियर लिगको उपाधि  मुम्बई इन्डियन्सले जितेको छ।  गएराति भएको फाइनलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ७ विकेटले पराजित गर्दै उपाधि जितेको हो।

मुम्बईमा टस जितर ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ९ विकेट गुमाएर १ सय ३९ रन बनाएको थियो।  दिल्लीका लागि कप्तान मेग लेनिङले सर्वाधिक ३५ रन बनाइन। शिखा पान्डे २७ रनमा अविजित रहिन्।  दिल्लीलाई सस्तैमा समेट्न हेली म्याथ्यु र इसी वोङले ३–३ विकेट लिए। एमेलिया कौरले २ विकेट हात पारिन्।

जवाफमा मुम्बईले १९ ओभर ३ बलमा ३ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो । खराब सुरुवात गरेको मुम्बईका यासिका भाट ४ र म्याथ्युज १३ रनमा आउट भएका थिए।  कप्तान हर्मनप्रित कौर ३७ रनमा रन आउट भइन्। नाट सिभर ब्रन्टले ५५ बलमा अविजित ६० रन बनाउँदै मुम्बईलाई च्याम्पियन बनाइन्।

लिग चरणमा दिल्लीसँग व्यहोरेको हारको बदला मुम्बईले फाइनलमा लियो। उपाधिसँगै मुम्बईले ६ करोड र उपविजेता दिल्लीले ३ करोड भारतीय रुपैयाँ पुरस्कार प्राप्त गरे। 

भारतीय क्रिकेट बोर्डले आयोजना गरेको इन्डियन प्रिमियर लिग आईपीएल सरहको फ्रेन्चाइज महिला लिगमा ६ टोलीको सहभागिता थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.