|

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्ने बताएका छन्। 

सोमबार स्व.नवीन्द्रराज जोशीको शालिक अनावरण गर्दै पौडेलले जनतासँगको निरन्तर सान्निध्यँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै  लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट राजनीति अभिप्रेरित हुनुपर्ने बताए।

‘राजनीति समाज र जनताप्रतिको सेवाभावले ओतप्रोत हुनुपर्छ’, उनले भने, ‘जनतासँगको निरन्तर सान्निध्यसँगै उनीहरूको सुख दुःख बुझेर उनीहरूकै  लागि सेवा गर्ने उच्चतम अठोट, प्रतिबद्धता र समर्पणबाट अभिप्रेरित हुनुपर्छ।’

राष्ट्रपति पौडेलले जनतासँग निकटतम सम्बन्ध राख्ने र उनीहरुका सुख दुःख बुझ्ने व्यक्तित्वको रूपमा आफूले स्व. जोशीलाई चिनेको बताए।  उनले स्व. जोशीको व्यक्तित्व राष्ट्रिय रूपमा बनाएको उचाइ र छवि वर्तमान नेपाली समाजका लागि प्रेरणादायी हुने  धारणा राखे। 

राष्ट्रपति पौडेलले  स्व. जोशी योग्यता, आचरणशील र इमान्दारीतामा बराबर संगम रहेका विरलै मानिसमध्ये रहेको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.