|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनका दुई शीर्ष नेतासँग भेट गरेका छन्। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा प्रचण्डले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरेका हुन्। 

उनीहरूबीच मन्त्रिमण्डल विस्तार, मन्त्रालयको भागबन्डा लगायतका विषयमा छलफल भएको प्रधानमन्त्री प्रचण्डको सचिवालयले जनाएको छ। साथै भोलि दिउँसो ४ बजे मन्त्रिमण्डल विस्तारबारे छलफल गर्न १० दलको बैठक बोलाउने समझदारी भएको सचिवालयले जनाएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.