|

भरतपुर : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डोलप्रसाद अर्यालले रास्वपा सरकारमा जानु समयको माग भएको बताएका छन्। 

चितवन–२ मा हुने उपनिर्वाचनको तयारीका लागि यहाँ आएका अर्यालले सोमबार सञ्चारकर्मीसँग कुराकानी गर्दै सरकारमा रास्वपाको सहभागिताबारे प्रधानमन्त्रीले पनि आवश्यकता महसुस गरेको बताए। सरकार निर्माणमा रास्वपाको दायित्व हुने भन्दै उनले सरकारमा जान आतुर भने नभएको जिकिर गरे। 

‘सरकारमा जान हतारभन्दा पनि यो समयको माग हो। सरकार निर्माणमा हाम्रो आवश्यकता प्रधानमन्त्रीले महसुस गर्नुभएको हुनाले त्यसमा हामी सकारात्मक छौँ,’ उनले भने।

सरकारमा सहभागी भएको खण्डमा रास्वपालाई गृह मन्त्रालय दिनुपर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुझ्नुपर्ने उनले बताए। सरकारमा जानु नै गलत हो भनेर भाष्य निर्माण गर्नु आफैँमा गलत भएको उनको भनाइ छ।

संविधानले वाचा गरेका कुरालाई कार्यान्वयन गर्न आफू राजनीतिमा आएको उल्लेख गर्दै उनले रास्वपामाथि अहिल्यै शंका गर्नुपर्ने समय नआएको बताए। संसदमा आफ्नो पार्टीबाट सांसदको प्रस्तुति फरक रहेको भन्दै उनले संसदमा बोल्दा विषयवस्तुमाथि टेकेर बोल्ने गरेको दावी गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.