|

अफगानिस्तानमा बम विस्फोट हुँदा कम्तीमा ६ सर्वसाधारणको मृत्यु भएको छ। घटनामा तीन तालिबान सुरक्षाबलका कर्मचारीसहित कैयौँ घाइते भएको अधिकारीहरूले बताएका छन्। 

काबुलको मलिक अजगर स्क्वायरमा रहेको सुरक्षा जाँच चौकीनजिकै विस्फोट भएको काबुल सुरक्षा विभागका प्रवक्ता खालिद जाद्रानले बताए। यो घटनाबारे तालिबान अधिकारीहरूले अहिलेसम्म बोलेका छैनन्। घटनाको जिम्मेवारी हालसम्म कसैले नलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। 

काबुल र अन्य शहरी क्षेत्रमा पछिल्ला महिनामा आक्रमणका घटना बढेका छन्, जसमध्ये केही इस्लामिक स्टेट लडाकुहरूले त्तसको जिम्मा लिएका छन्। यसअघि जनवरीमा भएको विस्फोटमा परराष्ट्र मन्त्रालयमा कम्तीमा पाँच जनाको मृत्यु भएको थियो र थुप्रै घाइते भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.