|

ताप्लेजुङ : ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ।

आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो।

गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीले जानकारी दिए। 

घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.