|

काठमाडौं : दशरथ रंगशालामा भइरहेको थ्री नेसन्स कप फुटबल प्रतियोगिताअन्तर्गत  नेपाल र भुटानबीच शुरु भएको​ लिग चरणको अन्तिम खेलको १९ औं मिनेटमा भुटानले गोल गरी अग्रता लिएको छ।

खेल त्रिुपरेश्वरस्थित रंगशालामा साँझ ६ बजे शुरु भएको हो।

तीन राष्ट्र नेपाल, भुटान र लाओस सहभागी रहेको यस प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २-० गोलले पराजित गरेको थियो। लाओसले दोश्रो खेलमा भुटानलाई २-१ गोलले पराजित गरेको थियो।

आजको खेल नेपालले जिते दुवै खेल जित्दै अंकतालिकाको शीर्षमा रहेर फाइनलमा पुग्नेछ भने भुटान बाहिरिनेछ र लाओस २ मध्ये १ खेलमा जितसहित फाइनल पुग्नेछ।

नेपाल र भुटान बिच हालसम्म १२ वटा खेल भएका छन्। नेपालले भुटानविरुद्ध १२ खेलमा १२ नै जित हासिल गरेको छ। नेपालले आजको खेल बराबरी गरेमात्र पनि फाइनल पुग्न पर्याप्त हुनेछ।

भुटानले नेपाललाई हराउने अकल्पनीय स्थितिमा मात्र फाइनल पुग्ने टोलीको निर्णय ‘हेड टु हेड’ बाट हुनेछ। किनभने त्यो स्थितिमा सबैको ३ अंक हुनेछ। एकले अर्को टिमलाई हराएको स्थितिमा अन्ततः निर्णय ‘गोलअन्तर’ बाट हुनेछ। तर यसका लागि भुटानले नेपाललाई ठूलो गोल अन्तरले पराजित गर्नुपर्नेछ।

सिंगल राउण्ड रोबिनको आधारमा भइरहेको यस प्रतियोगिताका शीर्ष दुई टोलीले उपाधिका लागि चैत १७ गते फाइनल खेल्ने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.