|

काठमाडौं : युरो छनोटमा स्कटल्यान्डले स्पेनलाई पाराजित गरेको छ। स्कटल्यान्डले स्पेनविरुद्ध ३९ वर्षपछि जित हात पारेको हो।

युरो छनोटमा लगातार दुई जित निकाल्नेक्रममा स्कटल्यान्डले गएराति घरेलु मैदान हाम्पडेन पार्कमा सनसनीपूर्ण  प्रदर्शन गर्‍यो।  खेलको सातौँ मिनेटमा म्याक्टोमिनेले पहिलो गोल गरे। पहिलो गोल खाएपछि स्पेनले खेलमा दबाब बढायो। ७५ प्रतिशत बल पोजिसन राखेको स्पेनले ५१ मिनेटमा दोस्रो गोल खाएको थियो। केइरन टिनीको क्रस स्पेनका डिफेन्डरले राम्रोसँग क्लियर गर्न नसक्दा डिबक्स भित्रबाट म्याक्टोमिनेको प्रहार गोल भएको हो।

स्कटल्यान्डले पहिलो खेलमा साइप्रसलाई ३–० ले हराउँदा म्याक्टोमिने बेन्चमा थिए।  सन् १९८४ यता स्कटल्याडले स्पेनलाई कुनै आधिकारिक प्रतियोगितामा हराउन सकेको थिएन।

जितसँगै समूह ए को स्कटल्यान्ड ६ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने लगातार दोस्रो पटक युरो कपमा स्थान बनाउने सम्भावनामा बलियो दाबेदारी दिएको छ। गत संस्करणको युरो खेलेको स्कटल्यान्डले २४ वर्षपछि छनोट चरण पार गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.