|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफू नेतृत्वको सरकार पाँचै वर्ष टिक्ने बताएका छन्। काठमाडौं महानगरपालिकाले आयोजना गरेको न्यायिक समितिको पहिलो राष्ट्रिय सम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

सम्बोधनका क्रममा उनले भने,  'कामनपा प्रमुख बालेन्द्र साहज्युले सरकार फेरबदल भइरहँदा कतिपय कठिनाइ आएको कुरा गर्नुभयो, तर स्थानीय तहको निर्वाचनपछि संघ र प्रदेशको निर्वाचन भइसकेर यहाँसम्म आइसक्दा म नै सरकारमा छु, तपाई ढुक्क हुनुहोस्, यो सरकार ५ वर्ष नै टिक्छ भन्ने मलाई विश्वास छ।’

यसअघि बोल्ने क्रममा महानगर प्रमुख बालेन साहले संघीय सरकार अस्थिर भइरहँदा स्थानीय सरकारले दीर्घकालीन काम गर्न नसकेको गुनासो गरेका थिए। त्यसक्रममा मेयर साहले प्रधानमन्त्री प्रचण्डप्रति अहिलेको सरकार पनि कतिबेर ढल्ने हो कि रहने हो भन्ने जोखिम रहिरहेको भन्दै चिन्ता व्‍यक्त गरेको थिए।

यता, दोस्रोपटक विश्वासको मत लिएको १० दिन पुग्दासमेत भागबण्डा नमिल्दा प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्‍ विस्तार गर्न सकेका छैनन्। पछिल्लो समय दैनिक सत्ता गठबन्धनको बैठक बसे पनि मन्त्रालय बाँडफाड र शक्ति सन्तुलनमा मत मिल्न सकिरहेको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.