|

काठमाडौं : सेतो मच्छिन्द्रनाथको रथयात्रा बुधबार शुरु भएको छ। आज अपराह्न मच्छिन्द्रबहालदेखि तीनधारा पाठशालासम्म रथयात्रा भएको हो।

आजै ५ बजेदेखि ६:३० बजेसम्म जमल, रत्नपार्क, भोटाहिटी हुँदै असनसम्म रथयात्रा गरिएको छ। चैत १६ गते दिउँसो ५ बजेदेखि ६:३० बजेसम्म असन, बालकुमारी, केल टोल, इन्द्रचोक‚ मखन हुँदै हनुमानढोकासम्म रथ यात्रा हुनेछ।

१७ गते दिउँसो ४ बजेदेखि ६:३० बजेसम्म हनुमानढोका, चिंकमुगल, जैशीदेवल, ज्याबहाल हुँदै लगनसम्म रथयात्रा हुनेछ। चैत १८ गते साँझ ५:३० देखि ६:३० बजेसम्म लगन आमा रुख परिक्रमा, चैत १९ गते ५:३० देखि ७:३० बजेसम्म लगन, ज्याबहाल, द्यः लं, यूतुननी, कोहिति‚ भीमसेन थान, मरु, यतखा, नरदेवी, किलागल, भेडासिङ, केलटोल हुँदै मच्छिन्द्रबहालसम्म रथयात्रा हुने कार्यक्रम छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.