|

काठमाडौं : ललितपुर मेयर्स कप टी–ट्वेन्टी महिला क्रिकेटको फाइनलमा अहिले एपीएफ र कोशी प्रदेशबीचको खेल जारी छ।  कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा कोशीले टस जितेर बलिङ गर्ने निर्णय गरेपछि एपीफले ब्याटिङ गरिरहेको छ।  

समूह चरणको खेलमा एपीएफले कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। एपीएफ आज पनि कोशीविरुद्ध जित निकाल्दै उपाधि रक्षा गर्ने लक्ष्यमा छ। 

तेस्रो संस्करण खेलिरहेको कोशी भने पहिलो पटक फाइनलमा पुगेको हो। प्रतियोगितामा आयोजक ललितपुर मेयर–११ सहित सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश गरी ५ टिमको सहभागिता थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.