|

काठमाडौं : युनिभर्सल एसप्टेन्स (यूए) डे नेपालमा पनि मनाइएको छ। कम्प्युटर एसोसिएन नेपाल महासंघ (क्यान) र युथ आईजीएफ नेपालको आयोजनामा इन्टरनेट करपोरेसन फर असाइन्ड नेम्स एन्ड नम्बर्स (आईक्यान) सँगको समन्वयमा मंगलबार काठमाडौंमा विशेष कार्यक्रम गरिएको हो।

‘सेलिब्रेटिङ युनिभर्सल एसप्टेन्स डे स् प्रोमोटिङ युनिभर्सल एसप्टेन्स डे एन्ड इन्टरनेसनलाइज्ड डोमेन नेम इन नेपाल शीर्षकमा गरिएको कार्यक्रममा नीति निर्माता, सरकारी अधिकारी, इन्टरनेट सेवाप्रदायक र कानून व्यवसायी सहभागी थिए। यस्तै नागरिक समाजका सदस्य, इन्टरनेट गभर्नेन्स, क्यान महासंघका संस्थागत, वस्तुगत, व्यक्तिगत तथा प्रदेश–जिल्लाका सदस्य तथा आईसीटी क्षेत्रमा क्रियाशील व्यक्ति पनि कार्यक्रममा सहभागी थिए।

कार्यक्रमका वक्ताले सबै वैध डोमेन नेम तथा इमेल एड्रेस सबै खालका इन्टरनेट एप्लिकेसन, डिभाइस तथा सिस्टमले उपयोग गर्नसक्ने कुराको सुनिश्चितता गराउन यो दिवसले महत्त्वपूर्ण भूमिका खेलेको भनाइ राखे। ​कार्यक्रममा इन्टरनेट एक्सचेन्ज नेपालको सहयोग रहेको थियो भने इन्टरनेट पार्टनरमा वर्ल्ड लिंक कम्युनिकेसन्स लिमिटेड रहेको थियो। 

धेरै भाषा तथा लिपिमा डोमेन सपोर्ट गराउने उद्देश्यले विश्वभर नै मार्च २८ मा इन्टरनेटको सार्वभौमिक स्वीकृति अर्थात् युनिभर्सल एसप्टेन्स डे मनाइन्छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.