|

काठमाडौं : ललितपुर मेयर्स कप महिला टी–ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ। 

यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो।  त्रिवि क्रिकेट  मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ।

एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन्। यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय इनिङ खेलिन्। 

सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो। कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन्। 

अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो। कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.