|

अमेरिकी सेनाका दुई वटा हेलिकप्टर दक्षिणपश्चिम केन्टकीमा दुर्घटनाग्रस्त भएका छन्। नियमित अभ्यासका क्रममा एचएच–६० ब्ल्याक हक हेलिकप्टर बुधबार राति एकआपसमा ठोक्किएको अमेरिकी सेनाको फोर्ट क्याम्पबेलले जनाएको छ।

चालक दलका सदस्यको अवस्था अज्ञात छ। दुर्घटनाको अनुसन्धान भइरहेको छ। केन्टकीका गभर्नर एन्डी वेशियरले हताहतीको अपेक्षा गरिएको जनाउँदै प्रहरी र आपत्कालीन सेवाका अधिकारीहरू दुर्घटनास्थल पुगेका बताएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.