|

काठमाडौं : नेपाली फिल्म ‘बुलाकी’ को ट्रेलर ठमाडौंमा बिहीबार सार्वजनिक भएको छ। ट्रेलर सार्वजनिक कार्यक्रममा अभिनेत्री सुरक्षा पन्तले जारी प्रथामाथि फिल्म बनाइएको बताइन्। उनले यो प्रथा अझै पनि केही भूभागमा बाँकी रहेको र यसलाई हटाउन आवश्यक भएको बताइन्।

​ उनले भनिन्, ‘हामीले चलचित्रमा लामो इतिहास बोकेको कथा उजागर गरेका छौँ। महिलाहरुको हकमा कुरा गर्दा जारी प्रथाबारे कुरा उठाएका छौँ। यो हट्नुपर्छ। जारी प्रथा अझै हटिसकेको छैन।’

निःसन्तान भएपछि बुहार्तन खेप्न बाध्य महिलाले अर्कै पुरुषसँग विवाह गरेर हिँडेपछिको कथावस्तुमा फिल्म निर्माण भएको छ। ​ट्रेलरअनुसार पत्नी अर्कै पुरुषसँग हिँडेपछि जारसँग पतिले लिन खोजेको बदला र पत्नीले त्यसपछि लिने निर्णयमा ट्रेलर सकिएको छ।

फिल्ममा अभिनेत्री पन्तसहित नरेन खड्का, विराज बिष्ट, सरस्वती खत्री, प्रकाश कँडेल‚ लक्ष्मी गिरी, सुशील पोखरेल, रमेश बुढाथोकीलगायतको अभिनय छ। लक्ष्मण सुनारको निर्देशनमा टोपेन्द्र बिष्टले निर्माण गरेको फिल्म कर्णालीको परिवेश र भूगोलमा छायांकन गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.