|

काठमाडौँ : लोक तथा दोहोरी गीत गाउनेलाई लक्षित गरी हुन लागेको रियालिटी शो ‘दोहोरी आइडल’को अडिशन शुरु हुँदै छ। डिजिटल अडिशन पूरा भएको आयोजकले जनाएको छ। यसैबीच आयोजकको भोटिङ पार्टनर ईसेवा रहेको छ।

प्रतिस्पर्धाको निर्णायकमा पुरुषोत्तम न्यौपाने, राजु परियार, घमेश दुलाल र रीता थापा रहनेछन्। नेपालमा पहिलोपटक लिग स्तरीय दोहोरी रियालिटी शो गर्न लागिएको कार्यक्रमका संयोजक अमृत खातीले जानकारी दिए।

‘दोहोरी आइडल’ का विजेताले नगद १५ लाख र कार जित्नेछन् भने दोस्रो हुनेले नगद ७ लाख र तेस्रो हुनेले नगद ५ लाख प्राप्त गर्नेछन्। दोहोरी आइडल छिट्टै नेपाल नेटवर्क टेलिभिजनमा प्रशारण हुने डीएआर मुभिजका निर्देशक श्याम धितालले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.