|

काठमाडौं : गर्मी बढ्न थालेसँगै डेंगु संक्रमणको जोखिम पनि बढेको छ।

गत फागुनदेखि हालसम्म देशभरका ४२ स्थानीय तहमा डेंगुको संक्रमण फेला परेको इपिडिमियोलजी तथा रोग नियन्त्रण महाशाखाअन्तर्गतको कीटजन्य रोग नियन्त्रण शाखा प्रमुख डा गोकर्ण दाहालले थाहाखबरलाई जानकारी दिए।

डेंगुका बिरामी देखिन थालेपछि सरकारले सतर्कता अपनाउन अनुरोध गरेको छ। स्वास्थ्य मन्त्रालयले डेंगुबाट बच्न पूरा बाहुला भएको लुगा लगाउन, झुलभित्र मात्रै सुत्न, घर र कार्यालय वरिपरि पानी जम्न नदिन सुझाव दिएको छ।

खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्न, गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एकपटक फेर्न भनिएको छ। ​घरबाहिर हुँदा पनि लामखुट्टेले नटोकोस् भनेर विशेष ख्याल राख्न सचेत गराएको छ।

गत वर्ष सर्वाधिक ५४ हजार ७८४ जनामा डेंगु संक्रमण भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.