|

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधिका लागि आज नेपाल र लाओस भिड्ने छन्। फाइनल खेल साँझ ५:३० बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने आयोजकले जनाएको छ। 

लिग चरणमा अपराजित नेपाल शीर्ष स्थानमा रहदै फाइनल पुगेको हो। लाओसले दोस्रो स्थानमा रहदै नेपालसँगको भेट पक्का गरेको हो।

प्रतियोगिताको पहिलो खेलमा नेपालले लाओसलाई २–० ले हराएको थियो। नेपाल त्यहिँ नतिजालाई कायम राख्नै उपाधि जित्ने दाउमा छ। लाओस भने पहिलो खेलमा व्यहोरेको हारको बदला लिन चाहन्छ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले ५ सय अमेरिकी डलर पाउने छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.