|

धनकुटा :  झापाले धनकुटाको हिलेमा जारी सोह्रौँ रामनवमी कप भलिबल प्रगियोगिताको उपाधि उचालेको छ। 

बिहीबार भएको फाइनल खेलमा झापाले भोजपुरलाई तिन एकको सोझो सेटमा पराजित गर्दै उपाधि उचालेको हो। झापाले २१–२५ २५–२०, २५–२१ र २५–२१ को सेटले पाराजित पराजित गर्यो। झापाले उपाधिसँगै नगद एक लाख हात पारेको छ। 

यता दोस्रो भएको भोजपुरले भने नगद ५० हजारमा चित्त बुझाएको छ। झापा संखुवासभालाई पराजित गर्दै तथा भोजपुर सुनसरीलाई पराजित गर्दै फाइलनको यात्रा तय गरेका थिए। त्यस्तै आजै तेस्रो स्थानको लागि भएको खेलमा तिन दुइको सेटले सुनसरीलाई पराजित गर्दै संखुवासभाले तेस्रो स्थान हात पारको छ। 

तेस्रो भएसँगै संखुवासभाले २५ हजार हात पारेको छ। हिले भलिबल क्लबको आयोजनामा कोशी प्रदेशका अन्र्तगतका ८ जिल्ला टिमको सहभागिता रहेको हिले भलिवल क्लबका अध्यक्ष संजिब तामाङले जानकारी दिए। रामनवमीको अवसर पारेर धनकुटाको हिलेमा प्रत्येक वर्ष यो प्रतियोगिता हुँदै आएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.