|

काठमाडौं : नयाँ वर्ष २०८० को अवसरमा यामाहा मोटरसाइकल र स्कुटरको आधिकारिक वितरक एमएडब्लू इन्टरप्राइजेजले विभिन्न अफरले भरिपूर्ण योजना ल्याएको छ। 

‘पावर अफ फाइभ’ नामको योजना अन्तर्गत यामाहाको नयाँ बाइक वा स्कुटर किन्नुअघि नै ग्राहकले अधिकतम ५० हजार रुपैयाँसम्मको ग्यारेन्टी ‘क्यास ब्याक’को मौका पाउने कम्पनीले जनाएको छ।

त्यस्तै, खरिद गरेपछि ‘वाइल्ड कार्ड’ मार्फत एक लाखसम्मको ग्यारेन्टी ‘क्यासब्याक’ जित्ने मौका पाउने र खरिद गरेपछि पनि तीन भाग्यशाली विजेताले ‘रेफरल कोड’ सेयर गरी साप्ताहिक रूपमा आईफोन १४ वा एप्पल वाच वा एप्पल एयरपड जित्ने अवसर पाउने कम्पनीले जनाएको छ।

 यो योजना आर १५, एमटी १५ र फ्यासिनो मोडल बाहेक अन्य यामाहाका मोटरसाइकल तथा स्कुटरमा मात्र लागू हुने कम्पनीले बताएको छ। विजेताको घोषणा हरेक हप्ता लाइभ टेलिभिजनमा लक्की ड्र मार्फत गरिनेछ।

यसैगरी यामाहाका मोटरसाइकल तथा स्कुटर न्यूनतम ब्याजदरमा न्यून डाउनपेमेन्ट तिरेर खरिद गर्न सकिने एमएडब्लूले जनाएको छ।

पछिल्लो समाचार  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.