|

काठमाडौं : स्वास्थ्य राम्रो बनाउन सबैलाई स्वस्थ खानपान र नियमित व्यायामसँगै आवश्यक छ, पर्याप्त निद्रा। निद्राको गडबडीका कारण धेरै प्रकारका शारीरिक तथा मानसिक समस्या देखिन्छ।

निद्रा नपुग्दा रक्तचापदेखि तनाव-डिप्रेसनसम्मका समस्या आउन सक्छ।​ यति मात्र होइन निद्राको कमीका कारण प्रजनन स्वास्थ्यमा समेत नकारात्मक असर पर्ने खतरा रहेको एक अनुसन्धानले देखाएको छ। 

सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनका अनुसार निद्राको कमीले प्रजनन क्षमतासँग सम्बन्धित हर्मोनलाई असर गर्न सक्छ। पर्याप्त निद्रा नपुग्दा महिलामा ‘ओभुलेसन’ र पुरुषहरूमा शुक्राणुलाई असर गर्छ।

अध्ययनका अनुसार महिलामा लामो समयसम्म निद्रा नलाग्ने समस्याले एस्ट्रोजेन, प्रोजेस्टेरोन, प्रोल्याक्टिन र ल्युटेनाइजिङ जस्ता हर्मोनलगायत विभिन्न प्रजनन हर्मोनमा प्रत्यक्ष असर पार्न सक्छ। अर्थात्, निद्राको कमीले  बाँझोपन जस्ता समस्याको जोखिम पनि बढाउन सक्छ।

पुरुषमा स्वस्थ शुक्रकीट उत्पादनमा टेस्टोस्टेरोन हार्मोनले महत्त्वपूर्ण भूमिका खेल्ने वैज्ञानिकहरू बताउँछन्। यी हर्मोनहरू सामान्यतया निद्राको समयमा निस्किन्छन्। बोस्टन युनिभर्सिटीमा एपिडेमियोलोजीका अनुसन्धानकर्ता र प्रोफेसर लरेन वाइजका अनुसार राम्रोसँग सुत्ने पुरुषमा टेस्टोस्टेरोन स्तर हुन्छ जुन प्रजननका लागि धेरै राम्नो हुन्छ

वयस्क मानिसले दैनिक ६ देखि ८ घण्टा दैनिक सुत्नु पर्ने चिकित्सक बताउँछन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.