|

काठमाडौं : ट्राफिक प्रहरीले ६ दिनमा स्कुल बसका ६४ जना चालकलाई कारबाही गरेको छ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गरेको पाएपछि कारबाही गरेको जनाएको छ।

आज (शुक्रबार) बिहान गरिएको ट्राफिक प्रहरीको विशेष चेकिङका क्रममा १२ जना स्कुल बसका चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ। जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने गर्ने चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।

हिजो (बिहीवार) काठमाडौं उपत्यकामा गरिएको विशेष चेकिङका क्रममा स्कुल बसका ९ जना चालकलाई ट्राफिक प्रहरीले कारबाही गरेको थियो। जसमा बसको झ्यालमा सुरक्षा डण्डी नराख्ने ३ जना, बसको साइड लाइट ठिक नराख्ने १ जना र अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने  ५ जना चालक रहेको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक भट्टले बताए।

गत बुधवार भएको चेकिङका क्रममा स्कुल बस निर्देशिका २०७४ बमोजिमका मापदण्ड पूरा नगर्ने र ट्राफिक नियम उल्लङ्घन गर्ने १६ जना स्कुल बसका चालकहरू ट्राफिक प्रहरीले कारबाही गरेको थियो। जसमा बसको अवस्था ठीक नराख्ने ८ जना र लापरबाहीका साथ बस चलाउँदै गरेका ८ जना रहेका छन्। 

त्यसैगरी गत मंगलबार मापदण्ड पूरा नगर्ने स्कुल बसका १३ जना चालक ट्राफिक प्रहरीको कारबाहीमा परेका थिए। गत आइतबार मापदण्ड पूरा नगर्ने स्कुल बसका १४ जना चालक कारबाहीमा परे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.