|

काठमाडौं : प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको फाइनल खेलमा पहिलो हाफमा नेपाल र लाओस दुवैले १-१ गोल गरे।  

१७औं मिनेटमा लाओसका फोउचाङभोङले गोल गर्दै लाओसले १ गोलको अग्रता लिएको थियो भने २४औं मिनेटमा आयुष घलानले गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका थिए।

लिग चरणमा अपराजित रही शीर्ष स्थानमा रहेको नेपाल र लिग चरणमा दोस्रो स्थानमा रहँदै नेपालसँगको फाइनल पक्का गरेको लाओसबीच उपाधिको लागि अहिले दशरथ रंगशालामा फाइलन चलिरहेको छ।

प्रतियोगिताको विजेताले ५ हजार अमेरिकी डलर, दोस्रोले ३ हजार डलर पुरस्कार पाउने छन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर दिइनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.