|

काठमाडौं : सत्ता साझेदार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले अब सरकारको ध्यान मुलुकको अर्थतन्त्र सुधार्न र जनतालाई राहत दिनमा केन्द्रित हुनुपर्ने बताएका छन्।

काठमाडौंमा शुुक्रबार आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा उनले सरकारले पूर्णता पाएको भन्दै अब सरकार काम गर्नतर्फ लाग्नुपर्ने बताएका हुन्। पूर्वउपप्रधानमन्त्री समेत रहेका यादवले मिटरब्याज पीडित जनताका समस्या तत्काल समाधान गर्न पनि सरकारलाई दबाब दिए।

राज्यले पीडितहरुलाई पीडामुक्त गराउने दायित्व लिनुपर्ने उनको भनाई थियो। अध्यक्ष यादवले ग्रामीण भेगका बासिन्दाका लागि सानातिनो कारोबार गर्न ऋण दिने व्यवस्थालाई सहज हुने गरी बैंक तथा वित्तिय संस्थाहरुको व्यवस्था गर्नुपर्ने खाँचोसमेत औंल्याए।

उनले भने, ‘आज सरकारले केही बाँकी भए पनि पूर्णता पाएको छ र अब सरकारको ध्यान मुलुकको अर्थतन्त्रलाई सुधार्ने, जनतालाई राहत दिनेतर्फ केन्द्रित हुनु पर्छ। अहिले काठमाडौंमा मिटरब्याजीबाट आक्रान्त जनता १०/१२ दिन मधेशबाट हिँडेर काठमाडौं आइपुगेका र काठमाडौंका विभिन्न ठाउँमा प्रदर्शन गरिरहेका छन्। सरकारले मिटरब्याज पीडितहरुको आवाज सुन्नु पर्छ र समाधानको बाटो खोज्नै पर्छ। राज्यले यसको दायित्व लिनु पर्छ। योसँगै ग्रामीण भेगमा जनताहरु सानोतिनो कारोबार वा लेनदेन वा खर्चको आवश्यकता परेको बेलामा त्यहाँ कुनै वित्तिय संस्थाले बैंक वा त्यसखालका संस्थाहरुले सहज रुपमा सजिलै उपलब्ध गराउन नसक्दा मिटरब्याजमा रकम लिनुपर्ने बाध्यता छ। सहज रुपमा गाउँका जनतालाई सानोतिनो कारोबार गर्न त्यस किसिमका संस्थाहरुको विकास गर्न आवश्यक छ।’

अध्यक्ष यादवले संविधानअनुसार सबैलाई अवसर दिने काममा पनि सरकार प्रतिबद्ध भएर लाग्नुपर्नेमा जोड दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.