|

काठमाडौं : नेपाल प्रधानमन्त्री थ्री नेसन्स कपको उपाधि दोस्रो पटक जितेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आज (शुक्रबार) साँझ भएको फाइनलमा लाओसलाई २–१ गोलले पराजित गर्दै नेपालले उपाधि जितेको हो।

खेलको १७ औँ मिनेटमा फत्ताबोङ साङबिले गोल गर्दै लाओसलाई अग्रता दिलाएका थिए। लगत्तै त्यसको ७ मिनेटपछि २४ औँ मिनेटमा आयुष घलानले गोल गर्दै नेपालका लागि बराबरी गोल फर्काए।

खेलको ८८ औँ मिनेटमा मनिष डाँगीले गोल गर्दै नेपाललाई उपाधि जिताए।

उपाधिसँगै नेपालले ५ हजार अमेरिकी डलर पाएको छ भने उपविजेता बनेको लाओसले ३ हजार अमेरिकी डलरमा चित्त बुझाएको छ। आयुष घलान प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित हुँदै ५ सय अमेरिकी डलर पाए।

खेलका झलक तस्वीरमाः

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.