|

काठमाडौं : प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले पत्रकारमैत्री कानुन निर्माणका लागि आफूले सक्दो सहयोग गर्ने बताएका छन्। 

काठमाडौंमा शुक्रबार आयोजित रिपोर्टर्स क्लब नेपालको रजत महोत्सव समारोहमा उनले सो प्रतिबद्धता व्यक्त गरेका हुन्। उनले जनताको सुुसूचित हुने अधिकारलाई सहज बनाउने कुरामा पनि आफूले पत्रकारहरुलाई आवश्यक सहयोग गर्ने बताए।

उनले नेपालको सञ्चार क्षेत्रमा ठूलो प्रगति भएको उल्लेख गर्दै त्यसलाई मुलुकको विकास र आर्थिक उन्नतिमा लाग्ने गरी प्रणालीको विकास गर्न आवश्यक रहेको पनि स्पष्ट पारे।

सभामुख घिमिरेले भने, ‘हामीले राजनीतिक क्षेत्रमा ठूला परिवर्तनहरु गरेका छौं। जनता आज यो परिवर्तनबाट आशावादी भएर बसेको बेलामा केही चुनौतीको कारणले समस्या उत्पन्न भएको छ। अहिले राजनीतिक क्षेत्रमा परिवर्तन भएजस्तै हाम्रो नेपालमा पनि मिडियाको क्षेत्रमा, सञ्चारको क्षेत्रमा ठूलो प्रगति भएको छ र परिवर्तन भएको छ। यसको भूमिका अब देश निर्माणमा, आर्थिक क्षेत्रको उन्नति गर्ने कुरामा, प्रणालीलाई विकास गर्ने कुरामा कसरी यसलाई बनाउन सकिन्छ? मलाई लाग्छ–एउटा चुनौती आएको छ। त्यही कुराहरुलाई अगाडि बढाउने सन्दर्भमा अहिले मैले लिईरहेको जिम्मेवारीको हिसाबले पत्रकारमैत्री कानुनहरु निर्माण गर्ने कुरा, जनताको सुसूचित हुने अधिकारलाई सुलभ बनाउने कुरा यी तमाम कुराहरुमा आफ्नो क्षेत्रबाट गर्नुपर्ने सहयोग म गर्ने नै छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.