|

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित तीनजनाले शनिबार पत्रकार सम्मेलन गर्ने भएका छन्।

उपनिर्वाचनमा उठ्न लागेका लामिछानेसहित स्वर्णिम वाग्ले र रमेश खरेलले शनिबार अपराह्न ४ बजे पार्टी कार्यालय बसुन्धरामा संयुक्त पत्रकार सम्मेलन गर्न लागेका हुन्। 

‘हामी तीन भाइको पत्रकार सम्मेलन ४ बजे’, लामिछानेले सामाजिक सञ्जालमा लेखेका छन्। लामिछाने आफ्नो पुरानै निर्वाचन क्षेत्र चितवन–२ मा उठ्दै छन्। वाग्लेलाई तनहुँ– १  र खरेललाई बारा–२ मा उठाउने रास्वपाको तयारी छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.