|

काठमाडौं : नेकपा एमालेले चितवन २ मा हुने उपनिर्वाचनमा पार्टीका जिल्ला अध्यक्ष रामप्रसाद न्यौपानेलाई उम्मेदवार बनाउने भएको छ । 

शनिबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको केन्द्रीय सचिवालय बैठकले न्यौपानेलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । तनहुँ १ मा सर्वेन्द्र खनाललाई उम्मेदवार बनाउने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए। 

खनाल मंसिर ४ को उपनिर्वाचनमा काठमाडौं क्षेत्र नं.६ बाट पराजित भएका थिए। बारा २ मा कसलाई उठाउने भन्ने विषयमा बैठकले निर्णय नगरेको गुरुङले बताए। 

‘बाराको राजनीति अलि तरल भएकाले थप छलफल गर्नुपर्ने देखियो’, गुरुङले भने, अध्यक्षज्यूले पार्टीका नेताहरूसँग परामर्श गरेर भोलिसम्म उम्मेदवारको टुंगो लगाउनुहुन्छ।’ 

आगामी वैशाख १० गते तनहुँ १, बारा २ र चितवन २ मा उपनिर्वाचन हुँदैछ । उपनिर्वाचनका लागि निर्वाचन आयोगले यही २० गते उम्मेदवारी दर्ताको कार्यतालिका तोकेको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.