काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीले उपनिर्वाचन हुने तीन वटा क्षेत्रका उम्मेदवारलाई टिकट दिएको छ।
शनिबार रास्वपाले पत्रकार सम्मेलन गरेर तनहुँ–१ मा डा. स्वर्णिम वाग्ले, चितवन–२मा रवि लामिछाने र बारा २ मा रमेश खरेललाई रास्वपाले टिकट दिएको हो।
वैशाख १० गते तीन वटा क्षेत्रमा उपनिर्वाचन हुँदैछ।
पत्रकार सम्मेलनमै तीन उम्मेदवारलाई टिकट हस्तान्तरण गरिएको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।