|

बझाङ : बझाङको सदरमुकाम चैनपुर नजिकै बसले ठक्कर दिँदा तीन वर्षीय बालकको मृत्यु भएको छ। बालकको मृत्युपछि पीडित परिवार र स्थानीय बासिन्दाले प्रदर्शन गर्दा घटनास्थल तनावग्रस्त बनेको छ।

बसको ठक्करबाट सुर्मा गाउँपालिका– ३ का धनबहादुर बोहराको छोरा सरगम बोहराको मृत्यु भएको हो। सदरमुकाम प्रवेश गर्ने पक्की पुल नजिकै सडकमा खेलिरहेका बालकलाई पवनदूत यातायातको सु प प्र ०२–००१ ख १११९ नम्बरको बसले शनिबार दिउँसो २ बजेतिर ठक्कर दिएको थियो।

बसको ठक्करबाट सख्त घाइते भएका उनको जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ। बालकलाई ठक्कर दिने बसचालक बैतडीको पुर्चौडी नगरपालिका-५, का गणेश बोहरालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

दुर्घटनापछि घटनास्थल चौड बजार क्षेत्र तनावग्रस्त बनेको छ। पीडित परिवार तथा आफन्तहरूले बस चालकलाई कारबाही गर्नुपर्ने तथा मृतक परिवारलाई राहत उपलब्ध गराउनुपर्ने माग गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.