|

काठमाडौं : यहाँको साँखु बज्रयोगिनी माईको जात्रा सुरु भएको छ। आजदेखि सुरु भएको मेला मा ८ रात ९ दिनसम्म मनाउने प्रचलन छ।

यो जात्रालाई करिब ९०० वर्ष पुरानो मानिन्छ। यस जात्रामा थकाली गुर्जुसहित तान्त्रिकदेवीको रूपमा मानिने बज्रयोगिनीलाई दाम, सुपारी र स्वयम्भू चैत्य चढाएर आठ दिनसम्म साँखु बजार घुमाउँदै पूजा अर्चना गरिन्छ।

बज्रयोगिनी मन्दिरबाट खट उठाएर साँखुका आठ टोलमध्ये चार टोलमा राख्ने गरिन्छ। खट राख्न धुला, चलाखु, इला र सुनटोल गरी चारवटा तोकिएको छ। यस वर्ष सुनटोलमा खट राख्ने पालो परेको छ।

धुलाटोलमा राख्दा साल्खा, चलाखुटोलमा राख्दा दुगाहिटी, इलाटोलमा राख्दा पुखुलाछी र सुनटोलमा राख्दा इपाटोलको पनि प्रतिनिधित्व हुने गरी खट राख्ने गरिएको हो।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.