|

काठमाडौं : ६ वटा ऋतुमध्ये सबैभन्दा मनमोहक मानिने वसन्तले यति बेला वातावरण सौन्दर्यमय बनाएको छ।

वसन्तमा प्रकृतिको बहार आउँछ‚ वनस्पतिले नयाँ पालुवा हाल्छन् र प्रकृतिले नौलो काँचुली फेरेर वातावरण सौन्दर्यमय हुन पुग्छ। यस ऋतुमा चारैतिर हरियाली हुनुका साथै बाग बगैंचामा रङ्गीचङ्गी फूलहरू ढकमक्क फुलेका छन्। धुवाँधुलो र प्रदूषणका बाबजुद पनि रंगीचंगी फूलले संघीय राजधानी काठमाडौंलाई मनमोहक बनाएको छ।

सडकछेउ, नदी किनार, घरका प्रवेशद्वार, मठमन्दिर परिसर जताततै फूलैफूलले ढाकिएका छन्। चेरी र आरुलगायतका फूल ढकमक्क फुलेर राजधानीको सौन्दर्य बढाएका छन्।

यसैबीच प्रतिनिधिसभा भवन वरिपरि ढकमक्क फूलेका मनै आनन्दित बनाउने गुलाफले सौन्दर्य थपेको छ। हरेक दिन संसद् भवन छिर्ने माननीयहरू गुलाफका फूल देख्दा औधी रमाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.