|

काठमाडौं :  काठमाडौं उपत्यकाको आकाशमा बाक्लो हुस्सु र तुवाँलोले ढाकेको छ। जल तथा मौसम विभागले उपत्यकामा अझै केही दिन तुवाँलोको सम्भावना कायमै रहने जनाएको छ। सोमबार बिहान अघिल्लो दिनको तुलनामा केही मौसम खुले पनि दिउँसो फेरि तुवाँलो बाक्लिएको छ।

मौसमविद् रोजन लामिछानेका अनुसार आज बिहान ‘भिजिबिलिटी’ तीन किलोमिटर रहेको थियो। यो आइतबारको तुलनामा १ किलोमिटर बढी खुलेको हो। केही दिनयता काठमाडौं उपत्यका प्रदूषणका हिसाबले निकै अगाडि रहेको बताइएको छ।

दिउँसो गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू–भागका थोरै स्थान र बाँकी पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन\चट्याङसहित हल्का तथा क्षणिक वर्षाको सम्भावना रहेको लामिछानेले जानकारी दिए।

अन्य पहाडी भू–भागमा मौसम आंशिक बदली रही बाँकी भू–भागमा सामान्यतया सफा रहनेछ। यस्तै, लुम्बिनी प्रदेशका तराईका थोरै स्थानमा भने हावा–हुरीको सम्भावना रहेको विभागले जनाएको छ।

केही तस्वीर झलक :

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.