|

काठमाडौं : मिटरब्याजीपीडित समर्थनमा बृहत् नागरिक आन्दोलनले विरोध सुरु गरेको छ। मिटरब्याजपीडितले काठमाडौं विरोध प्रदर्शन गरिरहेका बेला नागरिक आन्दोलन पनि यसको समर्थनमा लागेको हो।

बुधबार बृहत नागरिक आन्दोलनले शान्तिवाटिकादेखि नयाँ बानेश्वरसम्म शान्तिपूर्ण र्‍याली गरेको छ। नवलपरासीबाट काठमाडौं आएका मिटरब्याजपीडित किसानहरूले न्यायका लागि निरन्तर विरोध प्रदर्शन गरेका छन्।

सरकारसँग विभिन्न चरणमा वार्ता भइरहे पनि सहमति हुन सकेको छैन। सोमबार प्रहरीले शान्तिवाटिकामा उनीहरूमाथि बल प्रयोग गरेपछि मिटरब्याजिहरूले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा पनि माग गरेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.