|

काठमाडौ : नेकपा माओवादी केन्द्रले पार्टीका सांसदलाई प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता गराएका पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्न व्हीप जारी गरेको छ। 

माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले मंगलबार एक विज्ञप्ति जारी गर्दै प्रचण्डको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई व्हीप जारी गरेको हो।

प्रधानमन्त्री पदको निर्वाचनका लागि बुधबार बस्ने व्यवस्थापिका संसदको बैठकमा समेत अनिवार्य उपस्थित हुन माओवादी केन्द्रले अाफ्ना सांसदलार्इ निर्देशन दिएको छ।

‘प्रधानमन्त्री पदमा हाम्रा पार्टी अध्यक्ष तथा दल नेता माननीय पुष्पकमल दाहाल प्रचण्डले उम्मेदवारी दिनुभएकोले उक्त समयमा व्यवस्थापिका संसद बैठकमा अनिवार्य उपस्थित हुन र पार्टी अध्यक्ष तथा दल नेता पुष्पकमल दाहाल प्रचण्डको पक्षमा मतदान गर्न हाम्रो दल नेकपा माओवादी केन्द्रका सांसदहरुलाई व्हीप जारी गर्दछ’ पाण्डेद्धारा जारी विज्ञप्तिमा भनिएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.