|

काठमाडौं : द्वन्द्वपीडित संघर्ष समितिका आयोजनामा पीडकलाई उन्मुक्ति दिन ल्याइएको विधेयक खारेजीको माग गर्दै  माइतीघरमा प्रदर्शन गरेका छन्। शुक्रबार माइतीघर मण्डलामा उत्रिएका प्रदर्शनकारीहरूले द्वन्द्वमा यौन हिंसामा परेकालाई न्याय दे,घाइते अशक्त तथा अंगभंग भएकाहरूको उपचारको ग्यारेन्टी गर्, सुरक्षाकर्मी बिना समाजको कल्पना गर्न सकिँदैन, द्वन्द्वका सम्पुर्ण पीडितहरू एक हौँ,लुटिएको घर जग्गा फिर्ता गर् जस्ता माग गरेका छन्।

प्रदर्शनमा स्व. नन्दप्रसाद अधिकारीकी श्रीमती गंगा अधिकारी, अधिकारकर्मी कनकमणी दीक्षितको समेत सहभागिता थियो।

केही समययता द्वन्द्वपीडित सुरक्षाकर्मी परिवार संस्था, माओवादीपीडित संघर्ष समितिलगायत द्वन्द्वपीडित परिवारका सदस्यले टिआरसी विधेयकको विगत ३० दिनदेखि विरोध प्रदर्शन गर्दै आइरहेका छन्।

केही तस्वीर झलक :

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.